झलनाथकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

6.4k Shares

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । 

भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले रविलक्ष्मीलाई घरमै जिउँदै आगो लगाएका थिए । 

त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् । 

‘इन्फेक्सन भएको कारणले देब्रे हात काटेर फालिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।’ खनालले भने, ‘म निरन्तर उनीसँगै छु अहिले त प्रतिक्रिया जनाउन थालिसकेकी छन् ।’

सम्बन्धित समाचार