काठमाडौं क्षेत्र नं. ७ मा स्वतन्त्र उम्मेदवार अर्याल लोकप्रिय बन्दै

21k Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ मा स्वतन्त्र उम्मेदवार दर्ता गराएका ईश्वर अर्यालको लोकप्रिय बन्नुका साथै प्रभाव पनि बढ्दै गइरहेको छ ।

जस्तो सुकै रुप र जिम्मेवारीमा रहेर जनताको सेवा गर्ने लक्ष्य बनाएको बताउने अर्याललाई काठमाडौं क्षेत्र नं.–७ का बासिन्दाहरुको मन जितिसकेको स्थानीय मतदाताहरुको भनाई रहेको छ । राज्यको ढुकुटीबाट सेवा सुविधा नलिने प्रण गरी सरकारी कर्मचारीका रुपमा भूमिसुधार मन्त्रालय अन्तर्गत कार्य गर्दै आइरहेका अर्यालले सो जिम्मेवारीबाट मुक्त भई जनताको सुख दुःखमा सधैंव साथ रहँदै सेवा भावका साथ लागि परिरहेका स्वतन्त्र उम्मेदवार अर्याललाई स्थानीय मतदाताले उच्च मूल्यांकन गरेका छन् । राजनीति ब्यापार ब्यवसाय होईन, बिशुद्द समाज सेवा हो भन्दै समाज सेवामा लागेका कारण पनि अर्यालको स्वतन्त्र उम्मेदवारी, काठमाडौ. क्षेत्र नं. ७ मा उम्मेदवार बनेका दलका नेताहरु तिल्मिलाउन थालेका छन् । 

अर्यालले देशमा संकट पर्दादेखि लिएर जनतालाई समस्या पर्दा घरघरमा गई विगतदेखि नै आफूले सकेको सेवा गर्दै आइरहेको उदाहरणहरु धेरै छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बेला आफ्नो ज्यानको समेत परवाह नगरी गरिब निमुखा र दैनिक ज्याला मज्दुरी गरी जिविको पार्जन गर्दै आइरहेकाहरुको घरघरमा गई राहत वितरण गरेका कारण पनि अर्याल युवा वर्गदेखि लिएर गरिब निमुखकोका नजरमा परिसकेका कारणले पनि काठमाडौ. क्षेत्र नं. ७ मा उनको प्रभाव बढेको हो । ‘हामिले २०७६ चैत्र ११ देखी लक डाउन शुरु भएपछी, लगातार ५८औ दिन सम्म जनताको घर दैलोमा खाद्यान्न लगाएतका सामाग्रीहरु बितरण गरेको थियौ ।’

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयसम्म लकडाउनका कारण दैनिक ज्याला मज्दुर गरेर

सम्बन्धित समाचार