सहकारी रकम अपचलनमा रवि जिम्मेवार मात्रै होइन कारबाहीका लागि योग्य

12.7k Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी अपचलनमा जिम्मेवार मात्रै नभई कारबाहीयोग्य पनि भएको निष्कर्ष निकालेको छ ।

लामिछानेसहित गोर्खा मिडियाका चार जनालाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सूर्यदर्शन सहकारीसहितका पाँचवटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ ।

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि सो रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने’ उल्लेख गरिएको छ ।

गोरखा मिडियालगायतमा कम्पनीमा सेयर खरिद–बिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हो । यसो हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न समितिले सरकारलाई सिफारिस गरेको छ । यसैगरी, स्वेट सेयरसम्बन्धी कानुनी प्रबन्ध’bout अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई समितिले सिफारिस गरेको छ ।

गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछानेका नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा १ करोड ८० लाख रुपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो । रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो ।

कम्पनी ऐनको दफा १६०(क)मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापर्बाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानि नोक्सानी पु¥याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिमाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

कम्पनी ऐनको सो व्यवस्थानुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई २ वर्षसम्म कैद सजाय हुनसक्ने देखिएको हो । ग्यालेक्सी फोरके टिभीको सेयर जीबी राईका नाममा हस्तान्तरण गर्दा कम्पनी रजिस्ट्रार कार्यालयलाई झुक्याएको पाइएको हो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार