नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

1.2k Shares

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान सडकबाट नालामा पल्टिएको थियो । मृतकको सनाखत हुन सकेको छैन ।

बसमा चालक सहित १८ जना सवार रहेका थिए । दुईजना यात्रु भने सकुशल रहेको बताइएको छ । घाइतेहरुको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको प्रहरी निरीक्षक थमन सिंह रानाले जानकारी दिए ।

सम्बन्धित समाचार