15.4k
Shares
काठमाडौं, ३१ असार । भित्री खोला जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका सदस्य भएको प्रहरीले जानकारी दिएको छ । जुम्लाको हिमा गाउँपालिकामा रहेको जलविद्युत् आयोजनाको पावर हाउस भासिएको हो ।
राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिएको थियो । प्रहरीले दिएको जानकारीअनुसार पावर हाउसभित्रै सुतिरहेका चौकिदार गोरकबहादुर रावतकी श्रीमती विमला, ९ वर्षीय छोरा भरत र ७ वर्षका अर्का छोरा सूर्यको मृत्यु भएको छ ।