बर्दियामा शुरु भयो व्यापक तस्करी

17.7k Shares

बर्दिया । हाल देशमा कोरोना रोग दिनप्रतिदिन बढ्दै महामारीको रुपमा फैलिईरहेको हुँदा सरकारले कसरी स्वास्थ्य सेवा गर्ने र नागरिकको जिउज्यान बचाउने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ । 
त्यसैको कारण अहिले देशका कैयौं ठाँउमा कतै निषेधज्ञा त कतै लकडाउण गरिएको छ तर सुरक्षाको जिम्मा लिएका बर्दियाका सशस्त्र प्रहरीका एसपी नर बहादुर राउत भने लक डाउनको अक्षेरस पालना गर्नुहोस् भन्दै साधारण नागरिकलाई घरभित्र हुल्दै कोरोनाको त्रासले काम गर्न अनिच्छुक तस्करीलाई पनि मैले माथि चिफ साबलाई सबै कुरा मिलाई सकेको छु र तपाईं हाम्रो पैसा कमाउने राम्रो मौका यहि हो भन्दै पुराना घुमुवा बरिष्ठ हवल्दार रतन आचार्य मार्फत् तस्करीलाई फकाउन लगाएका छन् ।
हबल्दार आचार्य काठ तस्करी र खसीबोका तस्करीबाट एसपीले मासिक सात रकम बुझेपछि हिजो आज बर्दिया जिल्लामा भारतबाट नेपाल अबैध सिसौको काठ तस्करी र खसिबोकाको तस्करी ब्यापकरुपमा भैरहेको छ । पैसा देखे महादेवका पनि तीन नेत्र बल्छन् भनेझै मोटो रकम बुझे पछि एसपी राउतले सिल गरिएको सिमा नाकाबाट पनि तस्करीलाई निर्वाध रुपमा भारत र नेपाल आवात जावात गर्न छुट दिएका छन् भने तस्करीको माल पास गराउन घुमुवाका नाईके रतन आचार्य र भुपेन्द्र खडकालाई पाँच नम्बर प्रदेशको बाहिनिमा घर बिदाको रेकर्ड देखाएर दिनरात बर्दिया जिल्लाको राजापुर सीमा क्षेत्र र फुटाह नाकामा खटाएका छन् ।
जति हाकिम आए पनि ठेक्का कबोल गरी दस बर्ष घुमुवा बसेका भुपेन्द्र खडकाको बर्दिया सदर मुकाममा तीन तल्ले पक्की घर, एक बिगाह खेत र नेपालगंजमा एउटा घडेरी छ भने रतन आचार्यको सुर्खेतमा डेढ करोडको आलिसान बंगला छ भने कोहलपुरमा एउटा घडेरी स्कारपियो गाडी समेत रहेको बुझिन आएको छ । सो क्षेत्रमा यी दुई हस्तिका कारण अहिले पनि ठूलो मात्रामा संगठित तस्करी हुने गरेको पाइएको छ ।

सम्बन्धित समाचार