नारायणगढ—मुग्लिन खण्ड अवरुद्ध

16.4k Shares
चितवन ।  नारायणगढ—मुग्लिन खण्डअन्तर्गत चोरखोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र चोरखोलाको बीच स्थानमा बिहान ८ बजे पहिरो खसेको हो ।
पहिरो ठूलो खसेकाले र हाल उक्त स्थानमा पानी परिरहेकाले खुल्न समय लाग्ने प्रहरीको भनाई रहेको छ । पहिरो गएपछि सवारीसाधन जाममा परेका छन् । पहिरो गएको स्थान मुग्लिनबाट करिब ४ किमि नारायणगढतर्फ पर्छ ।
सम्बन्धित समाचार