काठमाडौं । झण्डै ६ महिना अगाडि ‘इन्गेजमेन्ट’ पछि केटाले आफ्नो यौन चाहना पूरा गरी पछि केटीलाई विवाह गर्दिन भनेपछि काठमाडौं बानेश्वरकी एक युवती आत्मदाह गर्न वाध्य भएकी छिन् ।
इन्गेजमेन्टपछि केटाले केटीलाई घुमफिरको बहाना बनाउँदै विभिन्न ठाउँमा लगी यौनजन्य गतिविधि गरी आफ्नो चाहना पुरा गरेपछि केटीलाई विवाह गर्दिन भन्दै विवाह नै रद्द गरेपछि वाध्य भएर २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी पुष्पालाई उपचारका लागि किर्तिपुर अस्पताल लगिएको थियोे भने उपचारकै क्रममा उनको सोमबार बिहान मृत्यु भएको छ ।
पुष्पाले आत्मदाह गर्न खोजिरहेको अवस्थामा केटा र केटाको बाबुलगायत अन्य परिवारका सदस्यहरुले कौशीबाट तमासे बन्दै केटाको परिवारले केटीलाई मरेमर भन्दै कौशीबाट केटीले आत्मदाह गर्न खोजिरहेको अवस्थामा रमिते बन्दै हेरिरहेको स्थानीयको भनाई रहेको छ ।
विगतमा प्रेमसम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बसोबास गर्दै आएका सुदन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । केही दिनअघि मात्र केटापक्षले इन्गेजमेन्ट टुटाएपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्की आगो लगाएकी थिइन् । पारिवारिक सहमतिमै पुष्पा र सुदनको इन्गेजमेन्ट भएको थियो ।
घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताइएको छ ।
आफ्नै आँखा अगाडि आफैले प्रेम गरी इन्गेजमेन्टसम्म गरेर शारीरिक सम्बन्ध राखी पछि विवाह नै रद्द गर्ने यस्ता मानवरुपी दानवलाई कारबाहीको दायरामा नल्याएको खण्डमा पुष्पाजस्ता कयौं महिलाहरुले आत्महत्या गर्न वाध्य हुनेछन् । त्यसैले यस्ता मानवरुपी दानवलाई फेरि यस्ता घटना नदोहोरियोस् भन्ने हेतुले कारबाहीको दायरामा ल्याउनुपर्ने चौतर्फीरुपमा आवाज उठिरहेको छ ।
यस्तो जघन्य अपराध गरेका सुदनजस्ता व्यक्तिलाई ठाउँको ठाउँ कारबाहीको दायरामा ल्याउनको लागि महिलाहरुको हकहितको लागि संघर्ष गर्दै आइरहेका महिला अधिकारकर्मीहरु के हेरेर बसेका छन् । पहिला महिलालाई प्रेमको जालमा फसाएर पछि इन्गेजमेन्ट गरी विवाह रद्द गरी घर न घाटको बनाई वाध्य भएर आत्महत्या गराउन दुरुत्साहित गराउने सुदन जस्ता मानवरुपी दानवलाई त्यसै छाडेको खण्डमा फेरि यिनले यस्तो कार्य नगर्लान् भन्न सकिन्न । त्यसैले मानवरुपी दानव सुदनका परिवारलाई समेत आत्मदाह गरिरहेकीलाई बचाउनु भन्दा मर्नको लागि झन उक्साहट गर्ने यस्ता परिवारलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने स्थानीयले बताएका छन् ।