आज पनि सुनको भाउ बढ्यो, चाँदी घट्यो

848 Shares

काठमाण्डौ – आज पनि सुनको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा ६०० सय रुपैयाँले बढेको हो । यसअघि हिजो पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुन तोलाको २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज पनि चाँदीको भाउ घटेको छ । हिजो तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज २० रुपैयाँले घटेको हो ।

हिजो तोलाको ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ३ हजार ६५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । 

सम्बन्धित समाचार