877
Shares
काठमाण्डौ – बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
आज बिहान केदारस्युँ गाउँपालिका–७ भामचौरमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको ज्यान गएको हो ।
जीपमा १०/१२ जना रहेकोमा केही घाइते भएका र उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएको प्रहरीको भनाइ छ । थप विवरण आउन बाँकी छ ।