११ दिनपछि एसियन देश कतारमा फुटबलको कुम्भमेला सुरु हुँदै छ। विश्वकप सुरु हुन लाग्दा विश्वका चर्चित लिगहरु स्थगित हुन थालेका छन्।
केही लिगका खेल मात्रै बाँकी छन्। लिग खेल्न विभिन्न देश पुगेका खेलाडीहरु विश्वकपका लागि आफ्नो देश फर्किन थालेका छन्। केही देशले त विश्वकपका लागि टोली समेत घोषणा गरिसकेका छन्।
अहिलेसम्म ब्राजिल, जापान, डेनमार्क, कोस्टारिका र अष्ट्रेलियाले आफ्नो टोली घोषणा गरिसकेका छन्। अन्य देश पनि अन्तिम टोली घोषणाको तरखरमा छन्। अब विश्व फुटबलको ध्यान कतारमा हुनेछ। तर रंगशालामै पुगेर फुटबल हेर्ने सबै फुटबल प्रेमीको सपना भने साकार हुँदैन।
कतिपय खेलका टिकट पहिल्यै बिक्री भइसकेको छ। त्यसो त लागतका हिसावले पनि सबैलाई फुटबल हेर्न मैदानमै पुग्न संभव छैन। रंगशालामा भन्दा टेलिभिजनमा फुटबल हेर्नेको संख्या संयौं गुणा बढि हुने नै भयो।
एसियन देशले आयोजना गरेको विश्वकपका कतिपय खेल हेर्न भने नेपाली दर्शकले मध्यरातसम्म कुर्नु पर्ने भएको छ। विश्वकपका ६४ मध्ये २४ खेल मध्यराति सुरु हुने भएका छन्। राति १२ः४५ बजे मात्रै सेमिफाइनल र क्वार्टर फाइनलसहितका खेल हेर्न पाइने भएको छ।
उद्घाटन खेल र फाइनल खेलसहित ४० खेल भने नेपालमा साँझै हेर्न पाइने भएको छ। यसअघि रुसमा भएको २१ औं संस्करणका विश्वकपका खेल ढिलोमा राति ११ः४५ बजे सुरु भएका थिए। रुसभन्दा कतारमा हुने विश्वकपका खेल हेर्न नेपालीले थप एक घण्टा पर्खनु पर्ने भएको हो।
नेपाली समयअनुसार कुन खेल कति बेला ?
उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच मंसिर ४ गते नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
मंसिर ५
समूह चरणमा २ खेल मंसिर ५ गते