जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

20.8k Shares

काठमाडौं, १८ भदौ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका—३ बस्ने मुगु सोरु गाउँपालिका—१० घर भएका २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका(१० घर भएका २३ वर्षीय रतन बहादुर शाही रहेका छन् । ती किशोरीलाई २ जनाले मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
 सुनसरी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका(८ बस्ने सुवास भन्ने ३६ वर्षीय भोज कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती बालिकालाई आइतबार जबरजस्ती करणी गरेको भन्ने खबर बुधबार दिउँसो प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  
 

सम्बन्धित समाचार