युनाईटेड इदी हाइड्रोपावरले ४ प्रतिशत बोनस दिने

8.8k Shares

काठमाडौं– युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर लिमिटेडले बोनस दिने भएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ४ प्रतिशत हुन आउने १ करोड ७७ लाख २४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । 

उक्त बोनस शेयरका लागि लाग्ने करको लागि ०.२११ प्रतिशत हुन आउने ९ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । 

कम्पनीले बोनस पारित सहित १५ औँ वार्षिक साधारण सभा समेत ढाकेको छ । कम्पनीले चैत ११ गते सोमबार पोखरामा बिहान ११ बजेदेखि साधारण सभा बोलाएको छ । 

बोनस शेयर वितरणपश्चात् कम्पनीले चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । 

सम्बन्धित समाचार