काठमाडौं र ललितपुरमा विभिन्न धनमाल चोरी

6.6k Shares

काठमाडौं, १२ भदौ । काठमाडौं, तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय बिक्रम लायो मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रूपैयाँ समेत गरी करिब ९ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको छ।

ललितपुर, ललितपुर महानगरपालिका-२५ खोकना दोबाटोस्थित मोहन कृष्ण महर्जनको पसलबाट नगद २ लाख रूपैयाँ बुधबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार