लाङटाङमा लाङटाङ दूत अशोक सिलवालको ‘एभरेस्ट’ पुस्तक सार्वजनिक

8.3k Shares

काठमाण्डाै – लाङटाङ सदभावना दूत अशोक सिलवालको ‘एभरेस्ट’ पुस्तक लाङटाङमा सार्वजनिक भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत पुस्ताक लाङटाङको गोसाइँकुन्ड गाउँपालिका–४ का अध्यक्ष डिन्डु जाङ्वा र स्थानीयसहित लाङटाङ क्षेत्रको झन्डै चार हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जीङमा सार्वजनिक गर्नुभएको हो । 

‘यो प्रकृति र प्रेमको यात्रा हो । संसारकै शीर सगरमाथाको यात्रा भए पनि यो भुइँतिरको यात्रा हो’, नेपाल गाइड सिलवालले भन्नुभयो, ‘यो यात्रा वृतान्तमात्र होइन, मनमा जेनिफर र भूगोलमा जुलीसँगको सगरमाथा सम्वाद हो । बीचबीचमा आउने भरिया भाइ, दाँत फुक्लेका बुढाजस्ता अनेक हिमालयबासी र संसारका अनेक देशबाट सगरमाथा आएका अनेक यात्रीका संवेदनाहरुको दस्तावेज पनि हो ।’

पुस्तक ‘एभरेस्ट’ सिलवालको पाँचौं पुस्तक हो । सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’, यात्राका तीतामीठा समेटिएको ‘श्रीलङ्का स्मृति’ र अध्यात्मकेन्द्रित कैलाश किताब ‘अप्प दीपो भवः’ पुस्तक प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहनुभएका पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुनुहुन्छ । 

सम्बन्धित समाचार