भारतीय रुपैयाँसहित एक पुरुष प्रहरीको नियन्त्रणमा

15.9k Shares

हेटौंडा । मकवानपुरको रातोमाटेबाट भारतीय रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ स्थित रातोमाटेबाट ३ लाख ७५ हजार भारतीय रुपैयाँसहित एकजनाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बेतियाथाना बैरिया ग्राम मियापुर दवौली–७ बस्ने वर्ष ४० को रमेश साह गुप्ताले रहेको छन्। रातोमाटेस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख २५१६ नम्बरको यात्रुवाहक बसमा सवार गुप्ताले लुकाई छिपाइ ल्याएको अवस्थामा सो रकम फेला परेको हो ।  रकमसहित गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय  पथलैया बारा पठाइएको छ । 

सम्बन्धित समाचार