कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण सम्पन्न

6.6k Shares

गौर, साउन १८ गते । गौर नगरपालिकास्थित कृषि तथा पशु प्रयोगशाला कार्यका लागि कृषि तथा पशु केन्द्र भवन निर्माण कार्य सम्पन्न भएको छ ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा गौर नगरपालिका– १ तरकारी बजारको छेउमा सो भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कृषि प्रयोगशालाअन्तर्गत माटो परीक्षण, पोखरीको पानी परीक्षण, मलखाद्य परीक्षण, बालीनाली, तरकारी पलफुलमा लाग्ने किरा परीक्षण र पशु प्रयोगशालाअन्तर्गत पशुको रगत, गोबर, पिसाब परीक्षण, पशुको शल्यक्रिया, कृत्रिम गर्भाधान, पशुको एक्सरे अल्ट्रासाउण्ड लगायत कार्य उद्देश्यले उक्त भवनको निर्माण गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बताउनुभयो ।

ल्याब, सेमिनार हाल, अत्याधुनिक ल्याबसहित १० कोठे भवन निर्माणका लागि सिएम कन्ट्रकसनले दुई करोड ३० लाखको लागतमा टेण्डर सकार गरी २०८२ साल असार महिना भित्र भवन निर्माण कार्य निर्माण कार्य समपन्न गरेका नगर प्रमुख साहले जानकारी दिनुभयो ।

भवन निर्माण कार्य निर्धारित समय भित्र समपन्न सफल भएको तथा आवश्यक उपकरण जडान गरी छिटै सञ्चालनमा ल्याइने गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभाष ठाकुरले बताउनुभयो ।

सम्बन्धित समाचार