स्वास्थ्यमाथि बिचारहरुको प्रभाव          

18k Shares

जब शरीर अस्वस्थ हुन्छ , तब मन पनि विकल र अशान्त हुन्छ । कुनै शारीरिक ब्यथा उत्पन्न हुने वित्तिकै मानसिक ब्यथा पनि उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदितै छ । जसरी बाह्य शारीरिक अवस्थाको प्रभाव मनमा र्पछ उसरी नै मानसिक विचारहरुको प्रभाव पनि शरीर र स्वास्थ्यमा पर्छ । यस गंभीर तत्वलाई धेरै कम मानिस बुझ्दछन् ।
शारीरिक रोगहरुलाई हटाउनको लागि अनेक नयाँ नयाँ चमत्कारिक औषधिहरुको अविष्कार हुँदा हुँदै पनि रोगहरुको प्रसार  धेरै हुँदै गइरहेकोछ । रोगको मुख्य स्थान मन हो र मनमा नै रोग हटाउने शक्ति पनि छ । सब रोगहरुलाई हटाउने अद्वितीय साधन प्रत्येक मानिससंग नै छ । तैपनि मानिसहरु रोगले पिडित रहन्छन् । हाम्रा बिचार  र इच्छाहरुको प्रभाव  शरीरका अवयवहरु र ज्ञान तन्तुहरुमा कल्पनातीत रुपमा पर्दछ । यस विषयको बिचार कोही कोही मात्र गर्दछन् । बुद्धिमान मानिस स्वास्थ्य तथा आनन्दको मात्रा बढाउनको लागि बिचार शक्तिको प्रयोग गर्ने विशेष सम्मति दिन्छन् र उत्साहित गर्दछन्, किनकी बिचार मानिसका अधिन छन् । यसैले मानिसले यिनको प्रयोग गरेर सदैव सच्चरित्र बन्ने प्रयत्न गर्नु पर्दछ । 
यदि तिम्रो मित्र दुःखी छ भने तिमी आङ्खनो मनले शुभकामना गर । एकान्तमा बसेर बल र प्रसन्नताको लहरहरु उसका शरीर तथा आत्मामा पठाऊ । अरुका लागि शुभकामना बिचार धारण गर्नाले आफ्नो स्वास्थ्य तथा आनन्दको वृद्धि हुन्छ । मनुष्यका शरीरमा बिचारका लहरहरुको प्रभाव अवश्य पर्दछ । चाहे राम्रो होस् वा नराम्रो । त्यसैले यदि तिमी आफ्नो स्वाथ्य ठीक राख्न चाहन्छौ भने आफ्ना बिचारहरुलाई शुद्ध गर तब मात्र उत्तम जीवनको लाभ होला । यदि स्वास्थ्यको ईच्छा छ भने सर्वप्रथम आङ्खनो शरीर रुपी रथलाई शुद्ध, पवित्र तथा स्वच्छ राख्नु पर्दछ । 
यसरी शरीर रुपी रथका अति चञ्चल अश्वरुपी इन्द्रीयहरुलाई मनरुपी लगामले बुद्धि रुपी सारथीद्वारा नियमित मार्गबाट हिंडाएमा स्वास्थ्य प्राप्ति अवश्य हुन सक्छ । तर हामीले मन रुपी लगामलाई किंचित पनि खुकुलो ग¥यौं भने ईन्द्रीय रुपी अश्व  शरीर रुपी रथलाई अनुचित मार्गबाट लैजाने छन् । यसबाट हाम्रो स्वास्थ्य, ज्ञान तथा बल अवश्य नष्ट हुनेछ । यही कुरा उपनिषदहरुमा पनि भनिएको छ– आत्मालाई रथी जान शरीरलाई रथ, बुद्धिलाई सारथी र मनलाई लगाम, इन्द्रीयहरुलाई घोडा तथा विषयहरुलाई मार्ग (बाटो) जान । इन्द्रीय रुपी घोडाहरुलाई मनरुपी लगामबाट बुद्धिरुपी सारथीद्वारा निर्दिष्ट पथमा लग्यौं भने ईष्ट स्थानरुपी इश्वर प्राप्ति अथवा स्वास्थ्य रुपी फल अवश्य होला ।
आरोग्यता मानिसको स्वाभाविक जीवन हो तर केवल शरीरको आरोग्यता पूर्ण स्वास्थ्य होईन, शरीर र मन तथा आत्मा तीनौटैको स्वस्थता नै पूर्ण आरोग्यता हो ।
प्रत्येक मानिस यो जान्दैन कि कुन उपायले तीनौटैलाई निरोगी राख्न सकिन्छ । जो यस कुरालाई जान्दछन् ती बिना औषधि नै आपूmलाई निरोगी राख्न सक्दछन् ।
वर्तमान कालका उच्चतम खोजहरुबाट यो कुरा राम्रोसंग सिद्ध हँुदै गई रहेछ कि रोगहरुको जड शरीरमा नभई मन र भावहरुमा छ । जब सम्म यी दुबैको शुद्धी गरिंदैन तबसम्म रोग कदापी निर्मूल हुन सक्दैन । रोगहरुको बिचार मनमा पुष्ट हुँदै रहन्छ र शरीरमा यिनको सुस्त सुस्त प्रभाव परेर  शरीर निर्बल हुन जान्छ । यसैले सदा आरोग्यताको चर्चा गर । निरोगी मानिसहरुको संगत र आरोग्यताको बिचार आरोग्यता बढाउने हुन्छन् ।
“संसारको कुनै बस्तु दुःखदायक छैन” यस वाक्यको निरन्तर जप गर । जबसम्म यसको प्रभाव तिम्रो मनमा जम्दैन, आरोग्यताको लागि बाह्य साधनहरुको आवश्यकता छैन । आरोग्यता र समग्र सुख बिचारहरुको शक्तिको ज्ञानले र प्रभावले आफसे आफ आकर्षित र प्राप्त हुन सक्दछन् । हामी आफ्नो अज्ञानता र बिचारहरुबाट नै क्लेश उठाउँछौ, दुःखी हुन्छौं र अरुलाई समेत दुःखी पार्छौं ।
जो सदा दुःखका बिचार गर्दछन् र कहिल्यै आनन्दका बिचारहरुको एक रेखा पनि देख्दैनन् ती आङ्खनो शरीरको नाडी जाल उस्तै नै बनाउँछन् किनकी नाडी जाल उनै बिचारहरुबाट बन्दछ । यसैले बिचारहरुको राम्रो नराम्रो प्रभाव पूर्णतया नाडीहरुमा  निरन्तर परिरहन्छन् । यो सर्वमान्य हो कि  शरीरका सब पीडाहरुको कारण मनमा नै छ । सुख दुःखको अनुभव गर्नु, बिचार गर्नु र कार्य गर्नु–यी तिनौटै काम मन नै गर्दछ ।  शरीर केवल निर्जीव यन्त्र र आत्माको घर हो । आत्मा हुनाले नै कार्य गर्न सक्दछ, होइन भने शरीर त माटाको ढीस्को हो । तिमी आरोग्य चाहन्छौ भने बोतलहरुबाट मिल्न  सक्दैन । मनका बिकारहरुको प्रभाव शरीरका भिन्न भिन्न अवयवहरु माथि भयंकर रुपमा पर्दछ । जस्तै क्रोध गर्नाले भोक मर्दछ, रक्त प्रवाह अब्यवस्थित हुन जान्छ र सारा शरीरमा बिकार निस्कन्छ । शोक र चिन्ताबाट शरीरको नाश हुन जान्छ । यसैले बिचारहरुलाई बलवान बनाउनु पर्दछ । भय, चिन्ता आदि वृत्तिहरुको वेगले चित्तलाई अस्थिर गरी दिन्छ र हृदयको घड्कनलाई तिब्र गरीदिन्छ, जसबाट नाडीमा बिकार उत्पन्न हुन जान्छ । मनलाई एक स्थानमा लगाउनको लागि श्रद्धा नै मुख्य उपाय हो ।
यदि हृदय अनियमित रुपमा धड्कन्छ भने यसैबाट शक्ति क्षीण हुन्छ । जस्तो शोक र भय स्वास्थ्यलाई बिगार्दछन्, उस्तै प्रसन्नता, निर्भयता, उत्साह चीर जीवनलाई बढाउँदछन् र नियमित रुपमा हृदय धड्कनमा सहायक हुन्छन् । यदि कुनै विरोधी बिचार मनमा उत्पन्न हुन्छ भने तत्काल निकालेर मनलाई श्रद्धा र उत्तम बिचारहरुमा प्रवृत्त गर्नु पर्दछ । यस प्रकार मनलाई आङ्खनो वशमा गर्नाले आङ्खना शक्तिलाई शीघ्र नै जागृत गर्न(ब्यूँझाउन) सक्नेछौं । 
आप्mना प्रत्येक विचारको शुद्धता र अशुद्धताको निर्णय यसबाट गर्नुपर्दछ कि रक्तको गतिमा त्यसको के प्रभाव परिरहेछ । जसको जस्तो कारण हुन्छ, उसको कार्य पनि उस्तै नै हुनेछ ।संसारमा कार्य कारणको नियम बडो प्रामाणिक छ । 
रक्तको गति ठीक रहनाले शरीरको स्वास्थ्य ठीक संझनु पर्दछ किनकि जुन भागमा रोग हुन्छ, त्यस भागको रगत विग्रन्छ । आकस्मिक शोक, भय, हर्ष तथा साहसको कारण हृदयको धड्कनमा भेद हुन जान्छ । कहिले काहीं धड्कन बन्द पनि हुन जान्छ । 
यदि तिमी क्रोध, मोह, ईष्र्या, लोभ वा अन्य कुनै वासनाको अधीन रहन्छौ र उत्तम स्वास्थ्यको इच्छा गर्दछौ भने यो असंभव छ । यस्तो कदापी हुन सक्दैन — तिमी नीच बिचार गर तैपनि तिम्रो स्वास्थ्य राम्रो होस् ।
आरोग्य रहने सरल साधन
(१) सदा प्रसन्न रहने गर । आङ्खनो हृदयमा आनन्दलाई चारै तिर फैलिन देऊ जसबाट तिम्रा साथ रहनेहरु पनि आनन्दमा रंगिउन । चिडचिडेपना र उदासिनताबाट मुखको आकृति बिग्रन्छ, पाचन शक्ति पनि बिग्रन्छ, स्वास्थ्य र सौन्दर्यको नाश हुन जान्छ । त्यसैले हाँस्ने प्रयत्न गर । हास्यबाट आयुको वृद्धि हुन्छ । यसैले सदा आनन्दमा निमग्न रहने गर ।
(२)दोष दृष्टि तथा अहंकारको त्याग गर । गुणदर्शी बन र प्रत्येक शुभ बस्तुमा शुभ हेर्न सिक । 
(३)सब प्रकारको सफलता आत्म विश्वासमा निर्भर छ । सदा आफनो मनलाई पवित्र र उत्तम लक्षणवान बनाऊ । अरुका नराम्रा बिचारहरुलाई कहिल्यै ग्रहण नगर । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका बिचारहरुबाट शरीर र मनोबल बढ्दछ । 
(४)  मौन धारण गर । ब्यर्थ बकवाद नगर  । आत्म प्रशंसाको त्याग गर । शान्ति नै महान पुरुषहरुको उत्तम लक्षण हो । प्रत्येक कार्य शान्तिपूर्वक गर । आङ्खना इच्छाहरुलाई आङ्खनो अधिन गर । कहिल्यै उत्तेजित नहोऊ, यसबाट बिचार शक्ति निर्बल र मन्द हुन जान्छ । जो शान्त, एकाग्र चित्तले प्रतिदिनका कार्यहरुलाई गर्दछ, त्यसलाई अल्पकालमा र अल्प परिश्रमबाट गर्न सक्छ र उसको सारा दिन आनन्दमा ब्यतीत हुृन्छ । स–साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानी पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ । 
(५)  सबैसंग प्रेमपूर्वक ब्यवहार गर । “ईश्वर सब प्राणिहरुमा समभावले स्थित छ ।” यस कुरामा श्रद्धा राख । म जे  पनि गर्न सक्दछु । यो विश्वास राख । यस्ता बिचारहरुले तिम्रो शरीरमा बल तथा पुष्टिको वृद्धि बनिरहला किनकी तिमी जस्तो भावना गर्दछौ, उस्तै नै बन्ने छौ । मानस शास्त्रको नियम छ कि जो कुरा बारक्बार मनमा उत्पन्न हुन्छ त्यो विस्वासको रुपमा बललिन्छ ।आफ्नो तथा शरिरको विषयमा जस्तो विस्वास छ उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । सत्यता नै प्रसन्नताको  जननी हो । सत्यदेखि कहिल्यै भय हँुदैन । 
कल्पना शक्ति अपूर्व छ । कल्पना आत्म शक्तिले ओतप्रोत छ । प्रत्येक कल्पनामा बिजुलीको समान प्रचण्ड शक्ति विद्यमान छ । तिमी जस्तै भयंकर स्थितिमा भए पनि आफ्नो जीवनको अधिकाधिक उन्नतिको कल्पना गर ।  
तिम्रो ध्यानमा आउन सक्ने सर्वोत्कृष्ट भावहरुलाई हृदयमा धारण गर । केवल दृढ कल्पना शक्तिको प्रभावबाट नै तिमी आफ्नो जीवनमा अद्भूत परिवर्तन गर्न सक्नेछौ ।
तिम्रो भोजन गर्ने समय भयो तर तिमीलाई भोक लागेको छैन भने यो बिचार गर कि तिमीलाई सारा दिन उपवास गर्नाले बडो जोरको भोक लागेको छ । यदि यथार्थ कल्पना गर्न सक्यौ भने तिमीलाई बडो जोडको भोक लाग्नेछ । यो कल्पना १० मिनेटसम्म गर्नु पर्दछ, तर भोक बिना अन्य कल्पना मनमा नआओस् । गरेर हेर अनि स्वयं अनुभव होला । 
भोजनको बेला यो बिचार गर कि तिमी अति स्वादिष्ट र रुचीकर भोजन गरिरहेछौ । यस भावनाले त्यसबेला पाचन क्रियामा जुन रसको आवश्यकता हुन्छ, त्यो द्रविभूत भएर भोजनलाई शीघ्र पचाई दिनेछ ।
ब्यायाम गर्ने बेला जुन अंगको ब्यायाम गर्छौं त्यसमा शक्तिको दृढ कल्पना ग¥यौं भने त्यस अंगमा बडो जोडले रक्त संचार हुन लाग्नेछ र त्यो अंग बलवान हुनेछ । यदि सारा शरीरको नै ब्यायाम गर्छौं भने उस्तै कल्पनाद्वारा सारा शरीरमा बिजुलीको जस्तै बडो वेगले शक्ति संचार हुन लाग्नेछ ।
आफ्ना हातहरुलाई सुस्त सुस्त शरीरको माथितिर लैजाऊ र कल्पना गर कि कुनै भारी बस्तु माथि तिर उठाईरहेछौ, फेरि उस्तै भावनापूर्वक हातहरुलाई आङ्खनो स्थानमा ल्याऊ । पाँच–दश मिनेट सम्म यो बिचार  गर । यसले भुजदण्डमा बल प्रतित हुन लाग्ला र तिमीलाई कल्पना शक्तिको आश्चर्यजनक प्रभाव प्रतीत होला । जो जस्तो गर्दछ, त्यो उस्तै हुन जान्छ । कल्पना र भावना उस्तै   हुन् ।  यसैले कल्पना गर कि तिमीमा मेधा, स्मरण–शक्ति र धारण शक्ति अत्यन्त तिव्र छ । केही कालमा कल्पनाको प्रभावले तिमी धारणा मेधा र स्मृति–शक्तिवान अवश्य हुनेछौ । तर यसको अभ्यास नित्य निरन्तर श्रद्धापूर्वक गर्नु पर्दछ । गरेर हेर र स्वयम् अनुभव गर ।
जसरी स्वास्थ्य बिचारहरुको अधिन छ उसरी नै प्रसन्न चित्तले हास्य भाव धारण गर्नाले स्वास्थ्य माथि विलक्षण प्रभाव पर्दछ । त्यसैले यदि कुनै ब्यक्ति स्थायी आरोग्य चाहन्छ भने उसले प्राकृतिक उपायहरुलाई नै कार्य रुपमा परिणत गर्नु पर्दछ । प्राकृतिक साधन प्रतिदिन ब्यवहारमा आउँदै रहने हुँदा ती सरल प्रतित हुन्छन्, तर तिनको सरलता देखेर तिनलाई ब्यर्थ सम्झनु ठिक छैन किनकी यिनै सरल साधन जीवनका आधार हुन् । त्यसैले एक दुई महिनासम्म यिनको उचित अभ्यास गरेर अनुभव गर्नु पर्दछ । यिनमा प्रथम साधन  “हास्य भाव” हो, त्यसैले हाँस, खुब हाँस, खित्का छाडेर हाँस, दिनमा कमसे कम दुईपटक  हाँस । हाँस्नाले रक्त संचार तिब्र हुन्छ । प्राणबाहिनी नाडीहरु र पाचनकारी यन्त्रहरुमा विशेष प्रकारले गति हुन लाग्छ र मस्तिष्कमा ज्ञानका तन्तुहरुमा स्पूmर्ति उत्पन्न हुन्छ एवं शरीरका अंग प्रत्यंगहरुमा उत्तेजना पैmलिन लाग्दछ ।
अट्टहासले पाकस्थली र प्लीहामा एक प्रकारको परिश्रम पर्नाले पाचन शक्ति बढेर जान्छ, यसैले नै हास्यमा वास्तवमा जीवन शक्ति विद्यमान छ । भय, क्रोध र कष्टले राल बग्न बन्द हुन जान्छ । जिब्रो सुकेर तालुमा टाूसिन जान्छ । पाकस्थली प्लिहा आदि सब आफ्नो काममा शिथिल पर्न जान्छन्, तर हास्य तिनलाई पुनः चालू गरिदिन्छ र नवीन रक्त वेगले संचार हुन थाल्दछ ।
हास्यको बिकास मनुष्य जीवनमा धेरै सानो अवस्थामा नै हुन लाग्दछ । बालक २१ दिनमा मुस्कुराउन थाल्दछ र तीन महिना पछि हाँस्न थाल्दछ । हास्य भन्दा पहिले रुनाको बिकास हुन्छ । रुनाले बालकको रोगको अनुमान हुन्छ । रोगका पछि बालकको हाँसोले  आरोग्यको अनुमान हुन्छ । विशेष अनुभवको कुरा यो हो कि बुद्धू वा बोधो बालकको अपेक्षा बुद्धिमान बालक धेरै मुस्कुराउँदछन् । त्यसैले यो सिद्ध हुन्छ कि हाँस्नु भन्दा अधिक लाभदायक औषधि मिल्नु असंभव त होइन, कठीन भने अवश्य छ । प्रतिदिन प्रातः सांयकाल कुनै यस्तो ठाउँमा उभीऊ जहाँ सहजैमा चित्त प्रसन्न हुन सकोस् तदनन्तर मन मनै अलिकता मुस्कुराऊ । फेरि त्यस मुस्कानलाई हाँसोको रुपमा प्रस्तुत गर । जोरसंग हाँस । खुब हाँस, पेट मिचीमिची हाँस । धेरै होइन मात्र ५ मिनेटको लागि यो ब्यायाम गर । जुन बेला तिम्रो मन उदास या खिन्न छ, भ्रमित छ त्यसबेला यस औषधिको सेवन गर यसले तत्काल जस्तो प्रभाव प्रतित होला यस औषधिको उपयोगिता र प्रभाव सेवन गरेरै थाहा हुनेछ कि हास्यको कस्तो विलक्षण प्रभाव हुन्छ । निम्न उदाहरणबाट तिमीलाई थाहा हुनेछ कि हास्यको कस्तो विलक्षण प्रभाव हुन्छ । कुनै महापुरुषको कथन छ सृष्टिका सबै प्राणीहरुमा मनुष्य जाती नै यस्तो छ, जो हाूस्न जान्दछ । अन्य प्राणी यस प्रकृतिदत्त प्रसादबाट बंचित छन् ।
    भौतिक विज्ञान बताउँछ रोग निवारणार्थ हास्य भाव एक अचूक निशाना हो । यो हृदयको वृद्धि र विकासको कारण हो । यसले फोक्सोहरुलाई पैmलाउँछ र त्यसका अन्तरंग पर्दाहरुलाई पुष्ट गर्दछ । एउटा विद्वान महापुरुष यति दरिद्र थिए कि जुत्ता पनि किन्न सक्दैन थिए । संधै नाङ्गै खुट्टा  रहनाले एकचोटी बाटोमा ठक्कर लाग्नाको कारण दरिद्रतामाथि उनलाई बडो दिक्क लाग्यो । यत्तिकैमा उनले एउटा मानिसलाई देखे जसका दुबै पाऊ कुनै रोगवश बेकम्मा भएका थिए र जसले गर्दा ऊ भूमिमा घस्रेर हिंड्थ्यो । उसलाई देखेर तत्काल आङ्खनो आरोग्यताको लागि उनले  परमात्मालाई धन्यवाद दिए र आङ्खना अनुचित बिचारहरु माथि पश्चाताप गरे कि उनी भन्दा तल्लो दशाका असंख्य मानिस संसारमा  छन् । तिनलाई देखेर आपूmलाई कहिल्यै  अधिर र अप्रसन्न हुन नदेऊ । सदा प्रसन्न रहने गर, हाँस्दै रहने गर । दिन दिनै तिम्रो दशा उन्नत हुँदै जानेछ । 
    उदासी र अप्रसन्नताबाट बच्ने दोस्रो उपाय हो कि कसैलाई अप्रसन्न नगर । यदि कसैसंग झगडा भइहाल्यो र त्यो तिमीसंग बोल्दैन भने पनि तिमी उसलाई देखेर मुण्टो नफर्काऊ बरु त्यो कहीं बाटामा भेटियो भने हाँसेर उसलाई अंकमाल गर वा उसंग क्षमा माग । यो नसम्झ कि त्यसले तिमीलाई डर छेरुवा ठान्ला किनकी मूर्ख नै यस्तो सम्झन्छन् । तिम्रा यस्ता ब्यवहारबाट उसको हृदय खुसीले गद्गद् र प्रेमपूर्ण हुन जानेछ  र जन्म भरीका लागि त्यो तिम्रो सच्चा मित्र हुन जानेछ । (साभार (निरोगसुत्र अंक ७ पेज नं २४)     
 

सम्बन्धित समाचार