6.6k
Shares
रौतहट, ९ साउन । मौलापुर नगरपालिका-७ पथरा बस्ने ४८ वर्षीय चन्देश्वर बैठाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।