मृत अवस्थामा फेला

7.6k Shares

काठमाडौं, ९ साउन । कास्की, पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीया जमुना नेपाली आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-११ कटाह त्रिवेणी टोलस्थित बाटोमा सोही उपमहानगरपालिका-११ नवलपुर बस्ने ६० वर्षीय देशु चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, डाक्नेश्वरी नगरपालिका-४ कुशहा बस्ने २७ वर्षीय राम किसुन राय सोही ठाउँस्थित कोशी नहरको बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, वीरगंज महानगरपालिका-१५ ब्रहम चोकमा सर्लाही बरहथवा नगरपालिका-७ बस्ने ५५ वर्षीय भवन बहादुर रानामगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नुवाकोट, बिदुर नगरपालिका-११ बरूगाउँ सामुदायीक वन नजिकै सडक छेउमा सोही नगरपालिका-११ खत्री गाउँ बस्ने ८२ वर्षीय श्याम बहादुर प्याकुरेल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरी, दुहबी नगरपालिका-१० झर्ना टोलस्थित गोरेटो बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, सुन्दरबजार नगरपालिका-७ पाउदीस्थित मर्स्याङदी नदीको किनारमा सोही नगरपालिका-९ धारापानी बस्ने रोल्पा घर भएका प्रेम बहादुर घर्ति मगरकी छोरी ११ वर्षीया शान्ति मगर बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ राईटोल बस्ने ६५ वर्षीया बिष्णुमाया
महत आफ्नै भान्छा कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार