राष्ट्रिय परिचयपत्र नागरिक एपमा उपलब्ध, विभिन्न सेवामा प्राविधिक परीक्षण चल्दै

10.2k Shares

काठमाण्डाै – नागरिक एपमा राष्ट्रिय परिचयपत्र उपलब्ध हुन थालेको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि हिजोदेखि परिचयपत्र एपमा राखेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेढाईले जानकारी दिनुभयो । अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र नागरिक एपमा हेर्न सकिने उहाँले बताउनुभयो ।

नागरिक एपभित्र नेशनल आईडी अप्शनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । हिजोमात्रै एक हजार जनाभन्दा धेरैले नम्बर राखेर राष्ट्रिय परिचयपत्र हेरेका छन् । अहिले झन्डै ५५ लाख प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरेका छन् । यस्तै राष्ट्रिय परिचयपत्रका लागि एक करोड ६५ लाख जनाले आवेदन दिएकामा एक कराेड ६१ लाख जनाले नम्बर प्राप्त गरेका छन् । नम्बर पाइसकेका नागरिकले छापिएर आएको राष्ट्रिय परिचयपत्र भौतिक रूपमा नलिइकन राहदानी, टेलिकमको सिम, बैंक खातालगायत सरकारले दिने डिजिटल सेवा लिन सक्नेछन् ।

निर्देशक सेढाईका अनुसार अहिलेसम्म राहदानी, निवृत्तिभरण तथा सामाजिक सुरक्षा भत्ता वितरण एवम् नयाँ बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र प्रयोग भइसकेको छ ।

सम्बन्धित समाचार