8.4k
Shares
काठमाडौँ, असार ३ गते। प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ।मंगलबार दिउँसो आधा घण्टा बसेर स्थगित भएको बैठक २:१५ बजे बस्न नसकेपछि समय परिवर्तन भएको हो।
प्रतिनिधि सभाका सचिव र्हकराज राईका अनुसार बैठक अहिले ४:३० बजे बस्नेछ।बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध कायम राखेपछि सभामुखले संसदमा सहभागी प्रमुख पाँच दलका नेतासँग छलफल गर्नुभएको छ।
सभामुखको छलफलपछि बैठकको समय संघीय संसद सचिवालय परिवर्तन भएको जानकारी गराएको हो ।