‘सन्चो’ बनाउने कम्पनी खरानी भएपछि कर्मचारीको दुःखेसो– ‘रोजीरोटी नै खोसियो’

8.4k Shares

काठमाडौं – चैत १५ गते शुक्रवार आन्दोलनकारीहरुले आगजनी गर्दा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा करोडौंको क्षति भएको छ । मुख्य शाखा उत्पादन शाखा रहेको भवनमा आगजनीमा बहुमूल्य मेसिनहरुसँगै उत्पादित सामग्री जलेर खरानी भएपछि उत्पादन शाखाका ज्यालादारी कर्मचारीहरुको रोजगारी नै गुमेको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष सयौँ कर्मचारीलाई रोजगारी दिएको जडिबुटी कम्पनीको उत्पादन शाखामा मात्रै दैनिक ४० जना ज्यालादारीमा काम गर्दै आएका थिए ।

शुक्रबार परेकाले धेरै कर्मचारीहरु ३ बजे नै निस्किँदा ज्यान जोगिए पनि आफ्नो रोजीरोटी गुमेकोमा उनीहरु चिन्तित छन् । कर्मचारी अमिता ढुङ्गेलले खबरहबसँग कुरा गर्दै भनिन्– ‘ज्यान त जोगियो तर रोजगारी गुम्यो । घरभाडा तिर्नेदेखि लिएर छोराछोरी पढाउने सवै खर्च यहीँबाट चल्थ्यो । अब त हाम्रो रोजीरोटी नै गुमेको छ ।’

00.jpg

कम्पनीमा ५ वर्षदेखि कार्यरत मीरा अधिकारी भन्छिन्– ‘ठूलै भाग्यले बाँच्न त बाँचियो । तर, रोजगारी गुम्यो । सरकारी कम्पनीबाट नआत्तिनुस् हामी केही गर्छौं भन्ने आश्वासन त पाएका छौं । घर नै जलेर ध्वस्त भएको छ । कहिले मेसिन आउने कहिले घर पुननिर्माण हुने केही टुङ्गो छैन ।’

लामो समयदेखि जडिबुटी उद्योगमा कार्यरत इन्द्रा परियारको गुनासो पनि त्यस्तै छ । अमिता, मिरा, इन्द्रा जस्तै सवै कर्मचारीहरुलाई रोजगारी गुमेकोमा व्यवहार कसरी चलाउने भन्ने चिन्ता छ ।

सबै कार्यालयहरुमा तोडफोड तथा आगजनी भएपछि आइतबार सबै कर्मचारी बाहिर चौरमै मलिन अनुहारमा बसिरहेका थिए ।

यसरी भएको थियो तोडफोड र आगजनी

योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्द शर्माले भने– ‘शुक्रबार परेकाले ३ बजे प्राय कर्मचारीहरु निस्किसकेका थिए म पनि निस्किसकेको थिएँ । केही कर्मचारीहरु निस्किने तर्खरमा थिएँ । दिउँसो ३ बजेपछि कम्पनीमा ढुङ्गामुढा शुरु भयो ।

कार्यालय समय सकिए पनि शाखा बिस्तारको सम्बन्धमा कार्यालयमा आन्तरिक छलफल चलिरहेको थियो । छलफलमा महाप्रबन्धक संगीता यादवसहितका केही कर्मचारी र एकजना विज्ञ पनि सहभागी थिए ।

एक्कासी ढुङ्गामुढा हुन थाल्यो त्यसबारे बुझ्न नपाउँदै ५० देखि १०० सजनाको संख्यामा आन्दोलकारीहरु उद्योग भित्रै छिरे । चारैतिरबाट ढुङ्गामुढा गर्दै पार्किङ गरिएका सवारी साधनहरुमा आगजनी गर्न थालेको दृष्यहरु सिसिटीभी फुटेजमा देखिएको उनले बताए ।

सम्बन्धित समाचार