च्याम्पियन्स ट्रफी क्रिकेट स् भारतसँगको फाइनल खेलमा टस जितेर न्युजिल्यान्डले ब्याटिङ रोज्यो

9.8k Shares

काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दैछन् ।दुबईमा टस जितेर न्युजिल्यान्डले पहिला ब्याटिङ रोजेको छ । भारतले बलिङ गर्ने भएको छ । सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६र६ खेल जितेका छन् । न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ ।

भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच १ सय १९ पटक भेट भएकोमा भारतले ६१ र न्युजिल्यान्डले ५० खेल जितेको छ ।

यस्तै १ खेल बराबरीमा सकिँदा ७ खेल नतिजाविहीन छ । भारतले सन् २०१३ मा पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

सम्बन्धित समाचार