चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सी स्टेशन’

7.8k Shares

बेइजिङ– चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ । 

अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल  ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ । वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो ।

चीनको ‘डिप सी स्पेस स्टेसन’ समुन्द्र सतहबाट २ हजार मिटर तल हुनेछ । यसमा ६ जना वैज्ञानिकले एक महिनासम्म सँगै काम गर्न सक्नेछन् । यो सागर मुनीको स्टेशनले सन् २०३० सम्म काम गर्न थाल्नेछ । 

यसको डिजाइन सानो पनडुब्बी जस्तै हुनेछ, जसको तौल २५० टन, लम्बाइ २२ मिटर, चौडाइ ७ मिटर र उचाइ ८ मिटर हुनेछ । जसलाई  ‘टियाङगोङ’ अर्थात् ‘प्यालेस अफ हेभेन’ नाम दिइएको छ।  चीनका अनुसार यसको उद्देश्य समुद्रको गहिराइमा अनुसन्धान गर्ने र समुद्रमा रहेको प्राकृतिक स्रोतको खोजी गर्ने हो।

सम्बन्धित समाचार