म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने थिएँः राष्ट्रियसभा अध्यक्ष उम्मेदवार शर्मा

18.1k Shares

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताएका हुन्। उनले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताए। उनले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरूभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए।

उम्मेदवार शर्माले भने, ‘लोकतन्त्रमा जितहार बेग्लै कुरा हो। तर लोकतन्त्रमा कसैको हारपनि हुन्न। कसैको जित पनि हुन्न। सबै हार्छन्। सबै जित्छन्। लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव। को हार्छन्, को जित्छन् महत्त्वपूर्ण होइन । मेरो धेरै लामो राजनीतिक यात्रा छ। शिक्षाको हकमा पनि म अरूभन्दा कमजोर छैन। मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ। घटाउने काम गर्ने थिइनँ । संसदीय नियममा रहेरै काम गर्ने थिएँ।’

उनले कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको प्रश्ताव र काँग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।

सम्बन्धित समाचार