सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

8.2k Shares

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला  ४०० ले बढेको हो । 

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदी प्रतितोला पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार