धनुषामा लाटोकोसेरो तथा हुचिल उत्सव शुरू

10k Shares

काठमाण्डाै – धनुषामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव शुरू भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषासँगको समन्वयमा शुरू भएको दुई दिने उत्सव मिथिला बिहारी नगरपालिका वडा नम्बर २ र ३ मा भइरहेको छ ।

प्रकृति संरक्षणमा लाटोकोसेरोको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले उत्सव आयोजना गरेको प्रकृतिका साथीहरू नामक संस्थाका महासचिव एवम् चराविद् कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४९ प्रजातिका चरा अवलोकनसँगै उत्सव शुरू भएकाे छ ।

उत्सवमा लाटोकोसेरोको विशेष रोबोट, अस्थायी सङ्ग्रहालय र आठ प्रजातिका लाटोकोसेरोको आवाज सुन्ने तथा भिडियो हेर्ने व्यवस्था छ । वन्यजन्तु अनुसन्धानकर्ता र वातावरण संरक्षणका विशेषज्ञले चरा संरक्षण, तस्करी नियन्त्रण र पर्यावरणीय सन्तुलनका विषयमा जानकारी प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचार