पुलिसलाई हराउँदै बागमती सभापति कप फुटबलको सेमिफाइनलमा

8.3k Shares

काठमाण्डौ – आयोजक बागमती लोकतान्त्रिक क्लब सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोलले हराएको हो ।

बागमतीका एकिनिस केइ बाफोर र अमित तामाङले गोल गरे । पुलिसका सुजन मगरले गोल गरे । प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ पाउने छन् । 

सम्बन्धित समाचार