केन्द्रिय प्रशारण लाइन जोडिएसँगै लाप्राकवासी खुशी

6.4k Shares

सुलीकोट । उत्तरी गोरखाको हिमालको काखमा बसेको लाप्राक गाउँ चार वर्षदेखि अन्धाकारको गर्भमा निदाइरहेको थियो । रातको गहिरो मौनताभित्र लुकिरहन्थ्यो स्थानीयको अपेक्षा, दिनको उज्यालोले मात्र काम चलाइदिएको बाध्यता र लघु जलुविद्युत्तले कहिल्यै भरिन नसक्ने उर्जाको प्यास अहिले भने लाप्राकको आकाश केहि फरक देखिएको छ । 

वर्षौंदेखि पर्खाइमा बसेको उज्यालो अन्नत गाउँको ढोकामा आएपछि सिङ्गो लाप्राकबासी खुशीले गदगद भएको धार्चे गाउँपालिका–४ लाप्राकका वडा अध्यक्ष किसान गुरुङले बताउनुभयो। धार्चे गाउँपालिका–४ लाप्राकमा करिब चार वर्षअघि ११ केभीको क्षमताको प्रशारण लाइन त बिछ्याइएको थियो । तर आवश्यक मर्मत, खराब उपकरण र अपुर्ण कामको कारण विद्युत्त प्रवाह हुन सकेको थिएन । 

स्थानीयले एकपछि अर्को समस्या भोग्दै आउँदा बिजुली कहिले केन्द्रिय प्रशारण लाईनसँगै हिमाली बस्ती लाप्राकमा झिलीमिली होला भन्ने प्रश्न नै दैनिक जीबनको पिडादायी अवस्था बनेको थियो । अब भने सिरानचोक गाउँपालिका–२ थालाजुङको ठुलोस्वाँरा शबस्टेशनबाट विधिवत रुपमा विद्युत्त सुचारु भएसँगै लाप्राकको ६ सय घरधुरी नयाँ जीबन चक्रमा प्रवेश गरेको छ ।

गुप्सीपाखामा १०० केभी क्षमताको एक ट्रान्सफर पुरानो बस्तीमा ५०–५० केभी दुईवटा ट्रान्सफर र बलियो बितरण लाईन निर्माणसँगै लाप्राकको संरचना आधुनिक उज्यालोमा रुपान्तिरित हुँदै गएको छ । 

उत्तरी हिमाली बस्ती लाप्राकमा बिद्युत्त नहुदा राम्रोसँग मोबाईल चार्ज गर्न नसक्ने, इन्टरनेट चलाउन नसक्ने साँझ परेसँगै काम रोक्नुपर्ने अवस्था हट्दै जाँदा लाप्राकबासीको मुहारमा अहिले छुट्टै चमक छ। केहि दिनदेखि बिजुली आएसँगै लाप्राकबासीले उज्यालोको महुसस गरेका छन् । 

चार वर्ष अन्धकार चिरेर आएको यो उज्यालो केबल लाप्राकको घर घरमा बलिरहेको बिजुली मात्र होइन, यो आशा विकास र नयाँ सुरुवातको दीप हो जसले हिमाली बस्तीलाई फेरी जीवन्त बनाइदिएको छ । 

हिमालको काखमा रहेको लाप्राकमा बिजुली बलेसंगै आन्तरिक तथा बाह्रय पर्यटकहरुको चहलपहल बढ्ने विश्वास गरिएको वडा अध्यक्ष किसान गुरुङले बताउनुभयो । 

लाप्राकमा केन्द्रिय प्रशारण लाईन जोडिएसँगै अहिले झण्डै दुई सय मिटरबक्सको गइसकेको र अन्य घरधुरीले मिटरबक्सको लागि निबेदन आएकाले लाप्राकका सबै घरमा विद्युत्त पुग्ने भएपछि लाप्राकमा विद्युत्त वितरण केन्द्र गोरखाबाट दुई जना प्राविधिक खटाईएको विद्युत्त वितरण केन्द्र गोरखाले जनाएको छ । 

सम्बन्धित समाचार