17.6k
Shares
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस