काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ३१ लाख रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बाग्लुङको ताराखोला गाउँपालिका–३ घर भई काठमाण्डौको महानगरपालिका–२६ सामाखुशी बस्ने ३४ वर्षीय तिलकबहादुर कार्की, प्यूठानको नौबहिनी गाउँपालिका–६ घर भई काठमाण्डौ महानगरपालिका–१४ बल्खु बस्ने ३६ वर्षीय हरिबहादुर विष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ घर भई काठमाण्डौको टोखा नगरपालिका–८ बानियाँटर बस्ने ३४ वर्षीया जमुना परियार रहेका छन् ।
तिलकबहादुरले बेलायत पठाइदिने भन्दै १ जनाबाट १ लाख, हरिबहादुरले अमेरिका पठाइदिने भन्दै २ जनाबाट २ लाख र जमुनाले अस्ट्रेलिया पठाइदिने भन्दै ३ जनाबाट २८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।