उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गरिने 

17.7k Shares

काठमाडौं । उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई कारबाही गर्ने सरकारले निर्णय गरेको छ ।
गृह मन्त्रालयमा बसेको चार मन्त्रीको बैठकले यस्तो निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषिमन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीको उपस्थित रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । उनले भने, “पहिले किसानको पैसा दिन आग्रह गर्ने र अटेरी गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ ।”  लामो समयसम्म पनि उखुको पैसा नपाएपछि अहिले किसान काठमाडौंमा आएर निरन्तर प्रदर्शनमा छन् । 

सम्बन्धित समाचार