चीनमा ग्यास चुहावट हुँदा सातजनाको मृत्यु, चार घाइते

15.5k Shares

जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सातजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।

ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ सहरको आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको ब्युरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार