दीपेन्द्रले बनाए राष्ट्रिय कीर्तिमान, टी–२० मा सार्वाधिक २४ ‘क्याच’

16.9k Shares

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिपुरमा जारी ट्राइनेसन टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्विरुद्धको खेलका क्रममा दीपेन्द्रले राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

आजको खेलमा एउटा क्याच गरेसँगै नेपालको टिमबाट सबैभन्दा धेरै २४ क्याच ऐरीको नाममा रह्यो । उनलाई पछ्याइरहेका कुशल भुर्तेलले २३ क्याच गरेका छन् । यस्तै, ज्ञानेन्द्र मल्लले समेत नेपालका लागि भुर्तेलको जस्तै समान २३ क्याच लिएका छन् । मल्लपछि सोमपाल कामिले २२ क्याच लिँदा कप्तान रोहित पौडेलले २० र सन्दीप लामिछानेले १९ क्याच लिएका छन् ।

ऐरीले नेपालका लागि ५६ अन्तर्राष्ट्रिय टी–२० ‘म्याच’ खेल्दै सार्वाधिक २४ ‘क्याच’ लिएका हुन् । यसक्रममा ऐरीले नेपालका लागि ब्याटिङतर्फ १४७१ रन बनाएका छन् भने बलिङतर्फ २७ विकेट लिएका छन् ।

सम्बन्धित समाचार