त्रिविको निर्णय : सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द हुने

17k Shares

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर दिने भएको छ ।

सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर दिने भएको हो ।

जारी एक सूचनामा भनिएको छ 'त्रिवि अन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइनेछ ।'

त्यस्तै त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित समाचार