क्लासिक टेककाे सर्भिस सपोर्ट क्याम्प सम्पन्न

6k Shares

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सर्भिस सपोर्ट क्याम्प सम्पन्न भएको छ । ग्राहकहरूलाई इन्टरनेटसम्बन्धी आउने गरेको समस्यालाई मध्यनजर गर्दै सपोर्ट क्याम्प सञ्चालन गरेकाे कम्पनीले बताएको छ ।

क्लासिक टेकले सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेटसम्बन्धी चेतनामूलक सन्देश, तुरुन्त फिल्ड सपोर्ट, राउटर सट्टा, स्पीड टेस्ट, फाइबर परिवर्तन, सुस्त इन्टरनेट लगायतका ग्राहकको समस्या घरघरमै पुगेर सेवा दिएकाे हाे । सपोर्ट क्याम्पमा सम्बन्धित क्षेत्रको प्राविधिक प्रमुख, शाखा प्रमुखलगायतको टोलीको उपस्थिति रहेकाे थियाे ।

क्लासिक टेकले गएकाे बिहीवार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडा–४ हुपरचौर बजार ,पोखरिया हाटबजार भरतपुरको भोजाड प्रगतिटोलमा क्याम्प सञ्चालन गरेकाे थियाे । यस्तै अस्ति शुक्रवार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पर्सौनीको हाटबजार, चितवनको टाँडी बजार, कालिकाचोक सिम्रनगाढको गढिमाई मन्दिरमा क्याम्प सञ्चालन गरेकाे थियाे । यस्तै हिजाे बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म राधेराधे भाटभटेनी, सूर्यविनायक ठिमी र सानागाउँ इमाडोल लुभुमा क्याम्प सञ्चालन भएकाे थियाे ।

सम्बन्धित समाचार