17.8k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा छलफल गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवासँगको छलफलपछि मात्रै मन्त्रीको टुङ्गो लगाइने बताए ।
उनका अनुसार सरकार सञ्चालन लगायका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै छलफल गर्ने कार्यक्रम छ ।
उनले आजै देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी हुने सम्भावना रहेको बताए ।