शेयर बजार घट्याे, काराेबार रकम बढ्याे

790 Shares

काठमाण्डाै – दुई कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से ६.३८ अङ्कले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेको छ ।

आज बैंक बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह १.३८ प्रतिशतले ओरालो लागेको छ ।

आज १६७ वटा कम्पनीको शेयर घटेकोमा १०० वटाको बढेको छ । १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज ग्लोबल आईएमई समुन्नत योजना–२ को शेयर ५.२६ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन घलेम्दी हाइड्रोको शेयर ५.८५ प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३५९ वटा कम्पनीको १ करोड ३ लाख कित्ता शेयर ३ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार