युक्रेनले रुसकै सम्पत्ति उसका विरुद्ध प्रयोग गर्न पाउने, ५० अर्ब डलर ऋण जुटाउने सहमति

13.4k Shares

रोम । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बिहीबार युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन रुसको जफत गरिएको सम्पत्ति प्रयोग गर्ने सहमति भएको छ । युक्रेनले यो रकम प्रयोग गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, “यो रुसका निम्ति अर्को चेतावनी हो कि हामी पछि हटिरहेका छैनौँ ।” जवाफमा रुसले यसको परिणाम ‘धेरै दर्दनाक’ हुने चेतावनी दिएको छ ।

युक्रेनको दीर्घकालीन विकासका लागि यो रकम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । इटालीमा जारी जी–७ को शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन र अमेरिकाबीच १० वर्षका निम्ति दुईपक्षीय सुरक्षा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । युक्रेनले यो सम्झौतालाई ऐतिहासिक भनेको छ ।

सम्झौतामा युक्रेनलाई अमेरिकी सैन्य प्रशिक्षणबारे उल्लेख छ । तर, युद्धका निम्ति अमेरिकी सेना नै युक्रेन जाने उल्लेख छैन ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि युरोपेली संघका साथै जी–७ ले लगभग ३२५ अर्ब डलर मूल्यको रुसी सम्पत्ति ‘फ्रिज’ गरिदिएको छ । यो सम्पत्तिले हरेक वर्ष तीन अर्ब डलर ब्याज कमाइरहेको छ ।

सम्बन्धित समाचार