7.5k
Shares
बैतडी । बैतडीमा चितुवाले आक्रमण गरी किसानको ६ वटा बाख्रा मारेको छ । आइतबार राति बाघले जिल्लाको पाटन नगरपालिका –२ सिन्टोलका शंकरसिंह महराका ६ वटा बाख्रा मारेको रामसिंह महराले बताउनुभयो ।
खोरभित्र बसेर चितुवाले ६ वटा बाख्रा मारेको किसान महराले बताउनुभयो । ५ वटा बाख्रा घरनजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो अझै नभेटेको उहाँले बताउनुभयो ।
पाटन –२ रिसेडीलगायतका अन्य टोलमा पनि चितुवाले दिनहुँ चौपाया मारिरहेको भुमिराज आधारभूत विधालयका प्रधानाध्यापक कमलसिंह महराले जानकारी दिनुभयो । पाटन –८ कै सल्माडीमा पनि चितुवाले बेला–बेला बाख्रालाई आक्रमण गर्ने गरेको पाटन नगरपालिका –२ का सचिव शंकरदत्त पन्तले बताउनुभयो ।