काठमाडौँमा डेरा गरी बस्नेको कोठाबाट गहना चोरी

14.4k Shares

काठमाडौँ । काठमाडौँको ताकेश्वर नगरपालिका-८ मा सोमबार चोरी भएको छ । जरङ्खु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डङ्गोलको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।

प्रहरीका अनुसार ७ तोला बराबरको सुनका विभिन्न गरगहना सोमबार चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
सम्बन्धित समाचार