जनमत पार्टीले लियो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

16.1k Shares

काठमाडौं, ११ पुस जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो

सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए उनले भने, हामीले उद्योग मन्त्रालय पाएको , हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ

प्रतिनिधिसभामा सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं सरकारमा जानुपर्ने मत थियो यद्यपि, उनले अहिले आफू सरकारमा नजाने बताएका छन्

सम्बन्धित समाचार