इलाममा एमालेका सुहाङ नेम्वाङको अग्रता

17.1k Shares

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३ र ४ नम्बर वडाको मत गणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् ।

आइतबार दिउँसोबाट साँझसम्म नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता बनाइरहेका बेला ४ नम्बर वडाको गनिसकेपछि एमालेका सुहाङ अघि लागेका हुन् ।

पछिल्लो पटक फाकफोकथुम वडा नम्बर-३ आमचोकको मतपरिणाम आएसँगै एमालेले अग्रता बनाएको हो ।

ताजा अवस्थामा सुहाङले २५ सय ४२ मत ल्याएका छन् । उता कांग्रेसका डम्बरले २१ सय ९७ मत ल्याएका छन् । यहाँ अब सुहाङले ३४५ मतको अग्रता बनाएका हुन् ।

ताजा अवस्था

सुहाङ नेम्वाङ (नेकपा एमाले) : २५४२(सूर्य)

डम्बर खड्का (नेपाली कांग्रेस) : २१९७ (रुख)

डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ५९३(मुढा)

मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी) : ३७९ (घण्टी)

सम्बन्धित समाचार