शिवम् सिमेन्टद्वारा स्कूल बस र ब्याग वितरण

21.1k Shares

काठमाडौं- शिवम् सिमेन्ट्ले विभिन्न स्कूलहरूलाई बस तथा ब्याग वितरण गरेको छ।सिमेन्ट्सल हेटौंडा- १७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई बस तथा भरतपुर- १५, मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि ब्याग वितरण गरेको हाे।उद्योग तथा खानी क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विगतका वर्षहरूमा पनि विभिन्न शैक्षिक सामाग्रीहरू वितरण, छात्रबृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरू गर्दै आइरहेको छ।

‘विगतका दिनहरूमा पनि हामीले उद्योग संचालित क्षेत्रका विभिन्न विद्यालयहरूमा शैक्षिक सामाग्री वितरण, शैक्षिक छात्रबृत्तिहरू स्थापना तथा न्यानो कपडाहरू वितरण जस्ता कार्यहरु गर्दै आइरहेका थियौं यसै सिलशिलामा यसपटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कूल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठन गर्न थप हौसला मिलोस भन्ने अभिप्रायले स्कुलव्यागहरु वितरण गरेका छौं’ कम्पनी प्रतिनिधी बताँउछन्।

 

सम्बन्धित समाचार