मैलुङ खोला जलविद्युत कम्पनीले ८१ लाख ७६ हजार बराबरको बोनस सेयर वितरण गर्ने

19k Shares

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २.२२११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अध्यक्ष वसन्त चन्द्र मरहट्ठाको अध्यक्षमा चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले कूल चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँको २.२२११ प्रतिशत अर्थात् ८१ लाख ७६ हजार ८२४ रुपैयाँ १७ पैसा बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

साथै, कम्पनीको हालको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र कम्पनीको बोनस सेयर वितरणबाट हालको जारी तथा चुक्ता पुँजी वृद्धि गरी ३७ करोड ६३ लाख १९ हजार ८२४ रुपैयाँ १७ पैसा पुर्याउने निर्णय समेत सञ्चालक समितिले गरेको छ । 

सम्बन्धित समाचार