जाजरकोट भूकम्प पीडितलाई खार्पुनाथको आर्थिक सहयोग

17.2k Shares

काठमाडौँ ।  खार्पुनाथ गाउँपालिकाले कात्तिक १७ गते राति गएको भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकामा बसेको कार्यपालिकाको बैठकले ढिलै भए पनि भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले ढिलै गरी भए पनि गाउँपालिकाको तर्फबाट जाजरकोट भूकम्पपीडितका लागि तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको बताए।

गाउँपालिकाले उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेछ। सदस्यहरू कोही कता, कोही कता भएका कारण बैठक बस्न नसकेको र ढिलै भए पनि सहयोग गर्ने निर्णय भएको उनले बताए।

सहयोग रकम सानै भए पनि मानवीय सहयोगका लागि रकम सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। यसअघि सिमकोट गाउँपालिकाले दुई लाखको चेक प्रधानमन्त्री राहत कोषमा राखिसकेको छ भने अदानचुली गाउँपालिकाले दुई लाख मूल्य बराबरको लत्ताकपडा सहयोग गरेको थियो। त्यसैगरी, उद्योग वाणिज्य संघले पनि एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको थियो।

सम्बन्धित समाचार