संविधान दिवसको अवसरमा गौर कारागारबाट १० जना कैदी बन्दी रिहा हुँदै

20k Shares

रौतहट । रौतहटको सदरमुकाम गौर कारागारबाट संविधान दिवसको अवसरमा १० जना कैदी बन्दी रिहा हुने भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर एेन २०७४ अनुसार बाँकी कैद माफी मिनाहा भएपछि १० जना कैदी रिहा हुन लागेको छन् । 

५० प्रतिशत कैद भुक्तान गरी ८ जना कैदी रिहा हुँदै छन् भने दुई जना ४० प्रतिशत कैद भुक्तान गरी रिहा हुने भएका छन्। रिहा हुनेहरूमा  सवारी ज्यान मुद्दाका दीपेश प्रसाद, सोनु कुमार महतो, लालमोहन शर्मा, कर्तव्य ज्यान मुद्दाका  राजन कुमार, चोरी मुद्दाका  बहादुर पीठकोटी, बहुविवाह मुद्दाका जीत बहादुर भुलन र कविता भन्ने पूर्ण कुमारी फुयाँल रहेको छन् ।   त्यसैगरी  डाँका मुद्दाका  प्रेमाशंकर यादव, कुटपिट अङ्गभङ्ग मुद्दाका  प्रदीप मिश्रा, र कर्तव्य ज्यान मुद्दामा रहेकी  सुमित्रा देवी रिहा हुन लागेको प्रमुख जेलर मणिभुषण साहले बताए।

सम्बन्धित समाचार