रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबहिनीको मृत्यु

17.7k Shares

रुकुम पश्चिम, १८ भदौ । रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको ज्यान गएको छ। चौरजहारी नगरपालिका-६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर ज्यान गएको हो।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार दुबै जना (दाजुबहिनी)को आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो। मनोज ३ कक्षामा अध्ययनरत थिए भने भावना १ कक्षामा पढ्दै आएकी थिइन्।

 

उनीहरूलाई खोलाले बगाएको सूचना पाएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मनोजको शव खोलाबाट १ सय ५० मिटर तल भेटिएको थियो। भावनाको शव भने ८ सय मिटर तल भेटिएको  प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार