शिव सागर
आफ्नै छाता ओडाउन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छु ।
तिम्रो असन्तोषलाई बाँड्न आएको छु
इतिहास साक्षी छ
हामी एउटै थियो अब झन एउटै रहने छौ
त्यसैले,
आफ्नै छाता ओडाउन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छु ।
पूर्वमा उदाउने सूर्योदयलाई सलाम गर्दै
टिष्टाको कल्कलाउँदो पानीमा जल किडा
गरेर
किनारको बालुवामा रमाएको भूलेको छैन,
पश्चिममा अस्ताउने सूर्यस्तालाई नमस्कार
गर्दै
सतलजको पानी बगेको हेरेर
किनारको बालुवामा रमाएको भूलेको छैन,
हो गंगाको तटबाट सगरमाथालाई हेरेर
औधी धेर रमाएको विर्सेको छैन
त्यसैले,
आफ्नै छाता ओडाउन
एउटै मालामा उन्न आएको छु ।
आज परिस्थितिले हामीलाई वारिपारी बनाए
पनि
हाम्रो मिसनलाई अब कसैले रोक्न कसैले
रोज्न सक्दैन
हामी बीचको सुमधुर सम्बन्धमा
अब कुनै तगारो टिक्न सक्दैन
आउ अब हामी आलिङ्गन बड हो
हृदयको मिलनलाई कसैले छेक्न सक्दैन
आउ यात्राका लागि प्रस्थान गरौ
साइतलाई कसैले छेक्दैन छेक्न सक्दैन
आउ टिष्टा, गंगा र सतलज
सगरमाथा तिमी बेगर नाङ्गो र एक्लो छ,
त्यसैले,
आफ्नै छाता ओडाउन
एउटै मालामा उन्न आएको छु ।
तिमीलाई लिन आएको छु ।
तिमी दुखी छौ, म पनि पीडा भोग्दैछु,
तिम्रो आँखाको आँशु पुच्छन आएको छु
आफू भित्रको भक्कानोलाई लुकाएर
एकताको सन्देश छर्न आएको छु ।
सिमानाको रेखा के भावनाको
रेखा कोर्न सकिदैन
त्यसैले प्रेसोदणार पोस्न आएको छ
सूर्य र चन्द्रलाई साक्षी राखी
डाँफे र लालीगुरास लिएर आएको छु
पशुपतिको आशिर्वाद र मनकामनाको इच्छा
लिएर आएको छु
आफ्नै छाता ओडाउन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छु ।
टाढा भएर पनि तिमी निश्च्छन प्रेम गछौं
नजिक भएर पनि घरभित्रकै
बैरीहरु दंश गर्दन्
घर भित्रकै अजात शत्रुहरुसंग लड्दा लढुदा
यतिका अवधि तिमीलाई उन्न सकिएन
यसैले,
आदर्शको मूल्य र मान्यता लिएर सुशासनका
लागि सुसंस्कारले सजिएर
आफ्नै छाता ओडाउन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छु ।
विभिछिन्तावादी र पराइको आरोप लिएर
खै कहिले सम्म एक्लै बस्छौ ?
अरुकै मोहोरा भएर
खै कहिले सम्म पीडा लुकाएर बस्छौ ?
आफ्नो अस्तित्व र सुरक्षाको समस्यालाई
खै कहिले सम्म थाँती राखेर बस्छौ ?
भैगो तिमीले पराईसंग सुन्दर
ल्याण्ड लेडी को आशा नगर
तिमीलाई हरहालतमा प्राप्त गर्न
मैले दृढ़ता लिएको छु
तिम्रो पीडालाई हरहालतमा वाइने
कसम खाएको छु
त्यसैले
मीठो मसिनो बाडेर खान
आफ्नो छाता ओढोन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छु ।
चोर विहे रचाएर सुटुक्कै भगाउन होइन
सोह सिंगारले सजाई बेहुली रचाएर
रत्यौलीको रमाइलोमा शहनाई बजाएर
जग्गेमा संगै बाच्ने र मर्ने कसम खाएर
तिमीसगै प्रणय सुत्रमा बाधिने
हृदता लिएको छु
निधारमा रातो टिका लगाएर
तिमी हेउ जयमाला लिएर आएको छु
सदा सदाको लागि तिमीलाई पाउन
मेची र महाकालीको भेल तरेर आएको छु
आफ्नै छाता ओढाउन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छ ।
तिम्रो नाममा मस्ती लट्नेहरुले
तिमीलाई भोग्या ठानेका छन्
तिम्रो सौन्दर्य र बैसलाई चाटेर
यिनीहरुले आफ्नो कुण्ठालाई शान्त पारेका
छन् ।
तिमीलाई रखैलको स्थितिमा राखेर
दासीका रुपमा मात्र स्वीकारेका छन्
तिम्रो अस्तित्वलाई होइन
उनीहरुले तिम्रो बैसलाई महत्वदिएका छन्
तर सयपत्री के तिमी सुन्दर र पवित्र छौ ।
टिष्टाको सुन्दरता र पवित्रतामा कुनै शंका
छैन्
गंगाको महत्व र आकर्षणबाट कुनै शंका छैन्
हो सजलतको रुप र बैसमा कुनै शंका छैन ।
यसैले अब तिमीलाई सुटुक्कै लान होइन
नहाकालवावा साक्षी राखेर
गोरखनाथको समुपस्थितिमा
बद्रीनाथ, केदारनाथको विश्वास बटुलेर
तेइसको टी ताराहरुकाअघि
नौमती बाजा बनाएर
डोलीमा बेहुली सजाएर
यसैले,
तिमीलाई लाने प्रतिज्ञा गरेर आएको छु
एउटै छाता ओढाउन
एउटै मालामा उन्न आएको छु
तिमीलाई लिन आएको छु ।